चैत्र १३, के संसार र निर्वाण दुवै सुरुदेखि नै अस्तित्वमा छन्? संसार र निर्वाण दुवै अनादिकालदेखि नै विद्यमान छन्। निर्वाण एउटा सत्य पक्षको रूपमा विद्यमान छ भने संसार एउटा भ्रामक वा भ्रमित पक्षको रूपमा। यी दुईबीच फरक यति मात्र हो कि एक वास्तविक यथार्थ हो भने अर्को होइन। तर काल (समय) को दृष्टिले तिनीहरूबीच कुनै भिन्नता छैन।
—इसेन्सियल प्राक्टिस, पृष्ठ ७३ बाट