
काठमाडौं । आज विश्व पर्वत दिवस । हरेक वर्ष डिसेम्बर ११ तारिखका दिन विश्व पर्वत दिवस मनाउने गरिन्छ ।
यस वर्षको विश्वपर्वत दिवसको नारा mountain solutions for a sustainable future – innovation, adaptation, youth and beyondअर्थात् पर्वतहरु दिगो भविष्यका लागि समाधान हुन् – नवप्रवर्तन, अनुकूलन, युवा र त्यस पछिका कदमहरू भन्ने अर्थ लाग्दछ ।
नेपालीको पहाड सँग हिमालसँग वा पर्वतका चुचुरा र बेसीहरूसँग सदियौँ देखि सम्बन्ध छ, विश्वास छ र छ सम्मानपनि । पर्वतहरूको राजधानी भनेर पनि चिनिन्छ, नेपाल । त्यसैले पनिविश्वले विश्वपर्वत दिवस मनाउने ११ डिसेम्बर हाम्रा लागि महत्त्वपूर्ण छ ।
हेर्दा सुन्दर देखिने मात्र होइन, सूर्यको उदाउँदो वा अस्ताउँदो प्रकाश पर्दा मनमोहक देखिने मात्र होइन, पर्वतहरूले हाम्रो जीवनसँगअन्योन्याश्रित सम्बन्ध राख्छन् । हिमालहरूबाट नै आउने कलकल बग्ने खोलाहरू हुन् या समुद्र बाटउडेको बादलगएर हिमालहरूमा ठोक्किएर पर्ने पानी किननहोस्, हाम्रो जीवन र हिमालको सम्बन्ध सुन्दर छ, अति आवश्यक छ ।
नेपाल भनेपछि आज पनि विश्वमा हिमालको देश भनेर चिनिन्छ । हुन पनि नेपालको कूल भूभागको १५ प्रतिशत त हिमाली क्षेत्रले ओगटेको छ । त्यसैले पनि हामी विविधतामा धनी छौँ, हिमाली उत्पादनका विषयमा हामीले गर्व गर्न सक्ने थुप्रै विशेषता छन् । हिमालीजडीबुटीमाहामीविश्वमै धनीछौँ, विशेष छौँ ।
तर, यही समयमा हामी सँग चिन्ता र चुनौतीहरू पनिबढेका छन् । विश्वमा बदलिँदो जलवायुका असर सोझै हाम्रा हिमाल र पर्वतहरूमा परिरहेका छन्, भूकम्पका कारण हाम्रा हिमालहरूको आधार हल्लिएको हुनसक्ने अनुमान गरिएकाछन् । अनि हिमाली क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिहरूको पनि लोप हुँदै गएको छ । पर्वत, हिमालमा भइरहेको ह्रासलाई न्यूनीकरण गर्न अब सोच्ने समय आएको छ ।





