चर्चामा पुस्तक
नेपालमा हठयोग परम्परा
यो साहित्य र दर्शनशास्त्रका ज्ञाता शीतल गिरीद्धारा लेखिएको कृति हो । नेपालमा हठयोगको बारेमा विभिन्न आयामको खोजी गरेर अनुसन्धानमा यो कृति पर्गेलिएको छ । कृतिमा नेपालमा प्रचलित हठयोगको परम्परालाई सुक्ष्म ढंगले अध्ययन गरी कृति आएको छ । कृतिमा शैव परम्परा,मछेन्द्रनाथ,गोरखनाथ सम्प्रदाय,निर्गुण सन्तकाव्य परम्परा,जस्ता विषयहरु समावेश भएको छ । यस पुस्तकले योग मनोविज्ञान र योगदर्शनको विभिन्न पक्षहरुको बारेमा जानकारी दिन्छ । ष्
यो कृति नेपाली हठयोग परम्पराको बारेमा जानकारी दिने महत्वपूर्ण कृति हो । योग परम्परामा विभिन्न सम्प्रदायको फरक फरक जानकारी पनि यहाँ छ । योग किन गर्नुपर्छ?यसको महत्व किन छ? योगको बारेमा विभिन्न विचारकका विचारहरु,हठयोगका समस्त विषयमा जानकारी गराउने कृति हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा प्रकाशित नेपालमा हठयोग परम्पराको मूल्य रु.३३५। रहेको छ ।
प्रहेलिका
भुटानको सर्वाङमा जन्मेका जे.एन.दाहालको दोस्रो आख्यान हो प्रहेलिका । समाजमा हुने अस्तित्वका विवाद,झगडाको बारेमा लेखिएको आख्यान हो । यसले आफ्नो अस्तित्व बोध भएपछि अस्तित्वको रक्षार्थ कसरी संघर्ष गर्छ या गर्नुपर्दछ भन्ने देखाउन खोजेको कथा समावेश छ । यसमा असमान यौन दृष्टिको संघर्षको कथा गुथिएको छ । यस उपन्यासले वर्तमान समयका युवाहरूमा उम्लिएको अपेक्षा, अन्तरजातीय प्रेम, यौनप्रतिको बढ्दो आकर्षण र समसामयिक सन्दर्भका साथै वर्तमान समाजको मनोविज्ञानलाई समेत गम्भीरताका साथ उठान गरेको छ । विषयवस्तु नौलो छ । सुन्दर प्रस्तुति छ ।
साँग्रिला बुक्सद्धारा प्रकाशित प्रहेलिकाको मूल्य रु.४९५। रहेको छ ।