
लु सुन : नेपाली साहित्यकारका दृष्टिमा
चीनका महान लेखक,आधुनिक र प्रगतिशील साहित्यकार जो कवि,आख्यानकार,निबन्धकार र अनुबादक पनि हुन् । यो कृति लु सुनको बारेमा नेपालका विभिन्न अगुवा लेखकहरुले लेखेका लेखरचनाहरुको संगालो हो ।यस कृतिमा लु सुनको बहुआयामिक व्यक्तित्वलाई नेपाली प्रगतिशील साहित्यकारहरुले कसरी बुझेका छन् भन्ने जानकारी दिन्छ । जीवनभरी आफ्ना विचारलाई विभिन्न सृजना मार्फत चीन मात्र नभएर विश्वको प्रगतिशील साहित्यको फाँटमा छर्न सफल एक महान लेखकको बारेमा विभिन्न कुराहरु थाहा पाउन सकिने पुस्तक पठनीय छ ।
लु सुन नेपाली साहित्यकारका दृष्टिमा लाई देवकोटा लुसुन प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.३०० । रहेको छ ।
प्रज्ञा नेपाली बालगीत
१५८ जना विभिन्न बालगीतकारहरुका सृजनाहरु समावेश गरिएको छ । रेडियो नेपालमा रेकर्ड भएका कतिपय बालगीत पनि यसमा समावेश गरिएको छ। नेपाली बालगीतको संकलन कार्य कम भैरहेको सन्दर्भमा यो कृति महत्वपूर्ण देखिएको छ। यसको सम्पादन गोपीकृष्ण ढुंगानाले गरेका हुन् ।
नेपाली बालगीतको सिद्धान्त,परम्परा र प्रवृत्तिको जानकारी दिने यो पुस्तकले बालसाहित्यमा बालगीतको सुरुवात र विकासको बारेमा पनि पाठकको जिज्ञासा मेटाउँछ ।
प्रज्ञा नेपाली बालगीतलाई नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.६००। रहेको छ ।







