प्रार्थना खनाल जोशी
१ .
खुसीको भाव थियो, स्वच्छ मन थियो
न स्पर्श न नजरमा कुटिलपन थियो
प्रेमिल सद्भावका सधैँ सुखानुभूति थिए
स्नेहको सुगन्ध टॉसिएको तन थियो ।
२.
परदेशीको जीवन हजुर टीठ लाग्दो छ
रहर मेटिन्न हजुर यता उमेर भाग्दो छ
माटो जन्मभूमिको, बाआमाको माया नबिर्सनू
पाको सन्ततिले पनि आमाको काख माग्दो छ।
३.
दूर्जन मात्र हैन इष्ट पनि चाहिन्छ
साथी मात्रै नखोज दुष्ट पनि चाहिन्छ
उन्नति र प्रगतिमा इख्याउने शत्रुता
प्रेम छ र समाजमा रुष्ट पनि चाहिन्छ ।
४.
ठन्डी हुन्छ हिउँदमा जानेर नि तातो खोज्छौ
समुद्रको परिवेश चिसो मानेर नि तातो खोज्छौ
नचाहिने ठाउँमा नबुझी किन भैदिन्छौ न्यानो
नशालु मातले मातेर नि तातो खोज्छौ ।