
चर्चामा पुस्तक
सम्झनामा शताब्दी अभिनन्दन
अणु राज जोशीले शताब्दी पुरुष सत्यमोहन जोशीको योगदानको बारेमा संकलन गरेका विभिन्न महत्वपूर्ण दस्तावेज लगायतका कुराहरु समावेश गरेका छन् । कृतिभित्र जोशीसँग सम्बद्ध विभिन्न महत्वपूर्ण जानकारी,तस्वीर,उनले पाएका सम्मान र पुरस्कारहरुको जानकारी सहित तस्वीर समावेश गरेका छन् । यसमा विभिन्न ठाउँमा शताब्दी पुरुषलाई गरेका अभिनन्दनहरु र त्यसका व्यहोराहरु समेत संलग्न गरेका छन् ।
जन्मदेखि मरणोपरान्तसम्मका विभिन्न महत्वपूर्ण तथ्यहरु छन् । शताब्दी पुरुष सत्यमोहन जोशीको बारेमा जानकारी लिन चाहाने जो कोहीको निम्ति कृति महत्वपूर्ण छ ।
सम्झनामा शताब्दी अभिनन्दनलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य रु.४५०। राखिएको छ।
पर्दाभित्र
गङ्गाप्रसाद भेटवालको उपन्यास समाजका विकृति र विसङ्गतिप्रतिको कठोर प्रहार हो । यसले देशका विभिन्न पेशा व्यवसायमा लागेका उच्चपदस्थ व्यक्तिहरुको पद दुरुपयोग र भ्रष्टाचारको चित्रण गरिएको छ । साथै यसमा तिनका निवृत्त भएपछि आउने मनोदशाको गजबको प्रस्तुतीले उपन्यासले पाठकको मन खिच्छ । उपन्यासले सत्कर्ममा जोड दिएर सकारात्मक सन्देश पनि दिएको छ । युगीन नेपालको तस्वीर देखिन्छ कृतिमा ।
दृष्टिविन्दुका हिसावले प्रथम र तृतीय दृष्टिविन्दुको प्रयोग छ । सरल र बोधगम्य भाषाशैली छ,सम्बादात्मक शैलीको प्रस्तुति छ । पढ्दा पट्यार लाग्दैन।
पर्दाभित्रलाई अनुसन्धान विमर्श नेपालले बजारमा ल्याएको हो । यसको मूल्य रु.३५०। रहेको छ ।
सैँप्रोल
सैँप्रोल गुरुङ भाषामा प्रतिरोध अर्थ दिने शब्द । कविमा विद्रोही भाव छ । महिला अस्तित्वको कुरा गर्छिन गौरी तमु आफ्ना कवितामार्फत । ७५ थान कविताहरुमा यो कृति आएको छ ।
उनी प्रेम र मायाका कुरा गर्छिन् ।तमुहरुको अस्तित्व पनि कविताले बोलेको छ । त्यहाँ पीडा,आक्रोश छ यसैले कवि विद्रोही देखिन्छिन् ।
सरल र बिम्बात्मक भावमा कविताहरु आएका छन् । छोटा छन् कविताहरु एक झमट बसाईमै सकिन्छन् । सुन्दर छन् । यथार्थको नजिक छन् ।विषयगत विविधामा लेखिएका छन् । छ,सम्बादात्मक शैलीको प्रस्तुति छ । पढ्दा पट्यार लाग्दैन।
सैँप्रोललाई इन्डिको इनले बजारमा ल्याएको हो । यसको मूल्य रु.२७५। रहेको छ ।






