
दार्जिलिङ ।भारतको दार्जिलिङमा रहेको सावाली प्रकाशनले साहित्यकार लाकोजूलाई भारत नेपाल हस्ताक्षर सेतु सम्मानबाट सम्मान गरेको छ। उनलाई कार्यक्रमका प्रमुख अतिथि दिलकुमारी भण्डारी, सावली प्रकाशनका अध्यक्ष सुभद्रा बन्जनले संयुक्त रूपमा नगदसहित सम्मान अर्पण गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि दिलकुमारी भण्डारीले नेपाली भाषा सुन्दर रहेको र भारतमा अन्य भाषाले जस्तै नेपाली भाषाले सम्मान पाएको विचार व्यक्त गरे। लाकोजूले साहित्य सिर्जना चेतनाको कर्म हो। यो अनुत्पादक क्षेत्र होइन भन्ने विचार राखे। सावली प्रकाशनका अध्यक्ष सुभद्रा बम्जनले साहित्यले मनहरू जोड्ने काम गरेको विचार राखे।
नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका लाकोजुलाई नेपाली भाषा र साहित्यको उन्नयन, साहित्यिक संगठन र साहित्यिक पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानका लागि नगदसहित सो सम्मान प्रदान गरिएको हो।




