
काठमाडौं।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको मुटुको एनजिओप्लास्टि गरिएको छ।
केही दिनदेखि स्वास्थ्यमा समस्या आएका अध्यक्ष नेपाल बिहीबार महाराजगञ्जको कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए।
पार्टीका पोलिटव्युरो सदस्य मोहन गौतमका अनुसार अध्यक्ष नेपालको मुटुको एनजिओप्लाष्टि गरिएको हो।
उनका अनुसार नेपालको मुटुको एनजिओप्लाष्टि हिजो गरिएको हो ।






