
सूर्य
सुभाषचन्द्र पौडेल भीमफेदीया
सूर्य
हाम्रो देशमा
पहाडको टाकुरोबाट उदाएर
पहाडको टाकुरोबाटै अस्ताउँछ
समुद्रको देशमा
सूर्य
समुद्रबाट उदाएर
समुद्रमा नै अस्ताउँछ
सूर्य उही हो
पूर्वबाट उदाउँछ
पश्चिमबाट अस्ताउँछ
अचम्मको छ प्रकृति पनि
भूगोल अनुसार
कतै पहाडबाट
कतै समुद्रबाट
उदाएको र अस्ताएको देखिन्छ
एउटै सूर्य
जता गए पनि
उही देखिन्छ
उस्तै देखिन्छ
सूर्यको रूप अनुसार नै
सायद समय बदलिन्छ
बिहानको रातो सूर्य
दिउँसो सेतो हुन्छ
दिउँसोको सेतो सूर्य
बेलुकी पहेँलो हुन्छ
सूर्य छउन्जेल उज्यालो
सूर्य ओझेल परेपछि अँध्यारो
सायद यही प्रकृतिको नियम छ
समय अनुसार
सूर्य पनि बदलिन्छ
अरूलाई पनि बदल्छ
सूर्यकै चालले
सेकेण्ड,मिनेट र घण्टा
समय बनेको छ
बिहान,दिउँसो र रात बनेको छ
समय अनुसार
सूर्यको पनि रूप फेरिन्छ
सबैको साझा सूर्य
सबैको प्रिय सूर्य
ब्रम्हाण्ड र प्रकृतिको सूर्य
जीवन र जगतको सूर्य
जसको आफ्नै
उपस्थिति र अस्तित्व छ
सूर्यको पनि
आहा ! क्या अनुपम जीवन छ।







