कोम्रोग खोला बाँचे भेट होला
विधा : यात्रासंस्मरण
कृतिकार : सुकुम शर्मा
थोरै समय कतै पुग्दा त्यहाँका भौगोलिक दृष्य,रमणीय सुन्दर प्रकृतिमा टेक्दाका अनुभव र अनुभूतिलाई आत्मपरक ढंगले प्रस्तुत गरिएको कृति हो यो । यसमा मान्छेले बनाएका संरचनाहरुको वर्णन पनि छ । हिमाली भेगका सौन्दर्यलाई नजिकैबाट नियालेर सुन्दर शब्दमा वर्णन गर्नसक्नु नियात्राकारको खुवी देखिएको छ । यसकृतिभित्र घान्द्रुक,कोम्रेग खोला,अन्नपूर्ण,धम्पुस लगायतका सुन्दर हिमालीक्षेत्र निकट स्थानहरुमा यात्रा गर्दा पाएका दृष्य,अनुभव,अनुभूति र त्यहाँ यात्रा गर्दा भएका साहित्यिक भलाकुसारी जोडिएको छ ।
यस कृतिभित्र ११ वटा विभिन्न शिर्षकका नियात्राहरु परेका छन् ।
यति मात्र नभएर यात्रा गरेका स्थानहरुमा सृजना गरिएका केही थान कविताहरु पनि परिशिष्टको रुपमा कृतिमा समावेश गरिएको छ । निजात्मकताले भरिएका,अनुभूतिहरु खिपिएका सुन्दर बान्की परेका शब्दहरु प्रयुक्त नियात्रा कृति पठनिय छ ।
प्रस्तुत कृतिलाई राधा बुढाथोकी मगरले वि.सं.२०५९ सालमा पहिलो पटक प्रकाशनमा ल्याएकी हुन् ।
प्रणयवेदका ऋचाहरु
गजलसँग्रह
गजलकार : प्रकट पंगेनी (शिव)
सुन्दर शिल्पशैलीका धनी प्रकट प्ंगेनी शिव सृँगारिक धारका गजलकार । सामान्य देखेभोगेको कुरामा शब्द र भावलाई गुथेर सृजना गर्न सिपालु कवि हुन् । ८३ थान गजलले कृति भरिएको छ ।
यस कृतिका गजलहरुमा प्रणयका रागलाई अलापेर गजल सृजना गरेका छन् । रोमान्टिक दृष्य कल्पना गर्छ पाठक गजल पढ्दा । वर्तमान पुस्ता प्रेम भन्दा आशक्तिमा मन तानिदो छ । निष्कपट प्रेम भन्दा स्वार्थले घर गरेको छ प्रेममा । धन,सम्पत्ति र वैभवसँग साटिएको छ प्रेम । लाग्छ फेसन हो प्रेम । यस्तै भावका अभिव्यक्तिले भरिएका गजल पंगेनीले समावेश गरेका छन् । उनी नारीलाई सतित्व ख्याल गर्न गजल मार्फत सुझाउँछन् । साँच्चै उच्चकोटीका शिल्पले भरिएका गजल लेखेका छन् ।
गजलहरुमा प्रयोग भएको रदिफको समूचित प्रयोगले गजलहरु सुन्दर लालित्यले सुशोभित बनेका छन् । कुनैमा भने रदिफ प्रयोग छैनन् । तखल्लुस प्रयोग गरी गजल लेखिएका छन् । लयात्मक,गेयात्मक र मात्रा मिलाइएका दन्तलहर झै लाग्छन् गजलहरु ।
भन्न सकिन्छ,प्रणयवेदका ऋचा नेपाली गजल साहित्यको स्तरीय कृति हो ।
यसलाई प्रकट दाइका फ्यानहरुले वि.सं.२०६४ सालमा प्रकाशित गरेका हुन् ।
प्रेशरकुकर
विधा : उपन्यास
कृतिकार : सिद्धिक शालिक
अनुवादक : डा. ताहिरा नैयर
हरेक मान्छेका जीवनका वास्तविकता र सिर्जनशील सोचहरु उपन्यासले झल्काएको छ । उपन्यासको शिर्षक वेजोडको प्रतिकात्मक छ । सामाजिक दुखाईको मर्मभेदी प्रस्तुति लाग्छ । भोगाईका चाँगहरु देख्न पाइन्छ । वर्तमान समयको ऐना लाग्छ । मान्छेमा आउने निराशा,भोगाईका पीडाहरु अन्तत जीवनलाई समाप्ति तिर उन्मुख गराउँछन् भन्ने भाव अभिव्यक्त भएको छ । साथै सास्वत सत्य संसारका सब चीज नाशवान हुन्छन् भन्ने वोध गराइएको छ ।
प्रेसरकुकरको बाह्य र आन्तरिक चापले कसरी गाल्दै लगेर अन्त्यमा समाप्त हुन्छ भन्ने भावला्रई दशार््इएको प्रस्तुत कृति पठनीय छ ।
उर्दु भाषामा लेखिएको यो प्रख्यात पाकिस्तानी उपन्यास हो । साहित्य गुठीले विंसं.२०५१ मा प्रकाशित गरेको यस कृतिको भाषा सम्पादन भने मोहन राज शर्माले गरेका हुन् ।