काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनको चालु अधिवेशनबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिने बताएका छन् ।
टीआरसी कार्यदलको प्रतिवेदन बुझ्दै उनले सो कुरा बताएका हुन ।उनले कानुन बनाएरै शान्ति प्रकृयाको बाँकी अन्तिम काम टुंगोमा पुर्याउने बताए ।
“कार्यदलले हामीसँग पनि सँगसँगै परामर्श गरेको छ । पार्टीहरूबीच सहमति जुट्दैन भन्ने पनि छैन । पार्टीको सहमति छ, दलका सांसदको पनि यो विधेयकमा सहमति छ‚” उनले भने । तत्काल संशोधन पारित गरेर कार्यान्वयन गरेर लैजाने पनि उनले बताए ।