काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त प्रतीक थापा पक्राउ परेका छन् ।
काठमाडौंको विशेष टोलीले उनलाई काठमाडौंको बौद्धबाट केहीबेर अघि पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाले बताए।
ठगी, कीर्ते, संगठित अपराध र राज्य विरूद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो।