
काठमाडौं ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप लगाएपछि पक्राउ परेका प्रसाईंलाई मंगलबार दिउँसो सर्वोच्च अदालतमा उपस्थित गराइएको हो।
उनलाई साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको हो।
सर्वोच्चमा उनका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
रिटमा सुनुवाई गर्दै विपक्षीलाई बन्दीसहित उपस्थित हुन भन्दै मसिर ९ गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले आदेश दिएको थियो।आइतबार नै जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
म्याद दिँदा प्रसाईं क्यान्सरको बिरामी रहेको भन्दै उपचारको प्रबन्ध मिलाउन पनि इजलासले आदेश दिएको थियो।
पप्रसाईलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको थियो।








