
काठमाडौं।कर्णाली प्रदेशका आठ जिल्लामा नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।
सम्बन्धी सहमति पत्रमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपाको अध्यक्ष परिषद सदस्य दुर्गा सोबले हस्ताक्षर गरेका छन् ।
कर्णालीमा हुम्ला र जुम्ला बाहेकका जिल्लामा उनीहरुबीच तालमेल भएको हो ।
यीमध्ये सल्यानसहित साविक राप्ती अञ्चलका जिल्लाहरुमा एमालेलाई प्रलोपाले समर्थन गर्ने छ भने रुकुम पूर्व र पश्चिममा प्रलोपालाई एमालेले सघाउने सहमति भएको छ ।





