काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा हद हटाउन माग गर्दै दायर गरिएको रिट फिर्ता भएको छ ।
नेपाल प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकृतले दायर गरेको रिट रिटकर्ता डीएसपी गोविन्द पन्थीको निवेदनमा बुधबार फिर्ता भएको हो ।
उक्त रिटमा भदौ ६ गते अन्तरिम आदेश जारी गर्दै न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ३० वर्षे सेवाहदका आधारमा कार्यान्वयन हुन लागेका अवकाश रोक्न र अर्को आदेश नभएसम्म अन्यलाई पनि अवकाशमा नपठाउन आदेश गरेको थियो ।
न्तरिम आदेशपछि तोकिएकै अवधिमा रिट निवेदक २१ प्रहरी अधिकारी अवकाशमा गएपछि रिटको औचित्य सकिएको भन्दै फिर्ताका लागि निवेदन दिएका हुन् ।