बेङ्लोर । भारतमा विषाक्त रक्सीको सेवनबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको सञ्चार माध्यमले आइतबार जनाएको छ । तमिलनाडु राज्यका मुख्यमन्त्री एमके स्तालिनले मङ्गलबार स्थानीय प्रक्रियाबाट बनाएको रक्सीमा विषाक्त मेथनोल मिसाइएको र केही घण्टाभित्रै रक्सी पिउने ३७ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
स्मरणीय छ रक्सीको शक्ति बढाउन मिसाइने पदार्थ मेथनोले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ।यो मानव स्वास्थ्यको लागि खतरनाक केमिकल हो ।
यस्तो विषाक्त रक्सीको सेवनबाट भारतका विभिन्न प्रान्तमा मृत्यू भएका समाचार यसअघि पनि पटक पटक आइरहेका थिए ।