व्यक्ति भन्दा महान कृति ठहरिन्छ भने कृति भन्दा महान विचार ठहरिन्छ ,यो कुरा बिरलै मान्छेले मात्र बुझेको जस्तो देखिनमा आएको छ । व्यक्तिको महत्व हिजोसम्म थियो आज हुँदैन । कृतिको महत्व हिजो थियो आज पनि छ तर भोलि नहुन पनि सक्छ । विचारको महत्व भने हिजो थियो आज छ र भोलिपनि हुने गर्छ । त्यसैले विचार उत्कृष्ट भए प्रशंसा भइरहन्छ निकृष्ट भए आलोचना भइरहन्छ । यो कुरा नबुझेर मानिसहरुले कृति र विचारतिर होइन केवल व्यक्तिको मात्र प्रशंसा गर्दै आइरहेको देखिन्छ । जसले गर्दा प्रशंसा शव्दको नै अवमूल्यन भइरहेको छ ।
भनाईको तात्पर्य यही कि ज्ञानगुन साहित्य प्रतिष्ठानले कृति र विचारलाई भन्दा पनि व्यक्ति केन्द्रित भई एउटै व्यक्तिको अस्वाभाविक तवरले अतिशयोक्ति प्रशंसा गर्दै आएको देखिएको छ । जस्तैः नेपालको बौद्धिक विभूति,नेपालका सुकरात, स्वाभिमानका सगरमाथा , प्रज्ञा मनीषि आदि यसरी अनेकअनेक तारिफ भएको देखिएको छ ।
व्यक्ति जो भएपनि कृति र त्यस कृतिमा भएको विचारहरु हाम्रो सामु प्रत्यक्ष रहेको छ । किनभने त्यही कृतिको कारणले सम्मान पाएको हो भन्नेमा कसैको बिमति नहोला । त्यो कृति भनेको “लिच्छवि संवत्को निर्णय” हो । त्यो कृति ६४० पृष्ठको छ यदि त्यो भन्दा पनि बढी पृष्ठको बाक्लो मोटाइ भएमा पनि त्यसले केही अर्थ लाग्दैन । त्यस कृतिमा अभिव्यक्त भएको मजबून विचार के हो ? तर त्यसको सेरोफेरोमा रहेर टिकाटिप्पणी प्रशंसा तारिफ जे हुनुपर्ने थियो त्यो भइरहेको होइन । भनाइको मतलव माथि उल्लेख गरिएको तारिफहरु विचार माथि टेकेर गरिएको होइन । यसै सन्दर्भमा एकजना विद्वान महोदयले “नेपालका बौद्धिक विभूति नयराज पन्त” नामक पुस्तकमा कृतिको विचारलाई समाउने तिर नभइ व्यक्तिलाई आकाशसम्म पु¥याइ आकाशका शुक्रतारा भनेर प्रशंसाका शव्द थप्नु भएको देखियो । यसरी शुक्रग्रहमात्र किन? नवग्रह नै उनै हुन् भनेर तारिफ गरियो भनेपनि त्यसको तात्विक अर्थ हुँदैन । यही कुरा प्रष्ट पार्नका लागि यो लेख तयार गरिएको हो ।
यसरी कृतिशेष भइसकेका व्यक्तिको बारेमा त्यस्ता फोस्रा प्रशंसाहरु गर्नु उचित होइन । राम्रो विचार भए विचारको प्रशंसा अवश्य गर्नु पर्छ । गलत विचारको आलोचना पनि हुनु पर्छ । प्रशंसा गर्दा उनको विचार कै बिपरीत दिशामा गई तारिफ गरिनाले प्रशंसा सुहाउँदो देखिएन । जसले तारिफ गरेर आकाशसम्म पु¥याउन खोजे उनी आफैले आकाशको तारालाई एकैचोटी धरतीमा ल्याएर पछार्न ल्याइएको पनि बिल्कुल सुहाएन । जस्तै कि चाँगुनारायणको स्तम्भलेखमा रहेको संवत् ३८६ लाई कार्तिकादि स्वीकार गर्दा जेठमा ३८७ हुने भएकोले तद्नुसार विक्रमसंवत् ५२२ हुन्छ भनीरहेको कुरामा उनलाई नै ठाडै अस्वीकार गरेर जेठमा पनि वि.सं ५२१ नै हुने हो भन्दै गर्दा आकाशमा रहेको तारा धरतीमा पछार्न ल्याए जस्तै भइ हाल्यो । किनकि प्रशंसित व्यक्तित्वको दावा सं ३८६ भनेको वि.सं ५२१ हुन्छ भन्नेमा हुँदै होइन । यसको ख्याल नगर्दा लेखक केवल प्रशंसाको होडमा मात्र दौडेको प्रष्ट हुन आउँछ । त्यसरी प्रशंसा गर्ने होडबाजीमा लागेर अभिव्यक्त गर्नु भएका अन्य विचारहरु यस प्रकारका छन् ।
विभिन्न विदेशी र स्वदेशी महानुभावहरुले नेपालको प्राचीन इतिहास बारे प्रस्तुत भएका विभिन्न मतहरुको संकलन र समीक्षा गरी सत्यतथ्य पुनस्र्थापना गर्ने क्रममा २०—३० वर्ष देखि गुरुवरबाट भएको प्रयासको फल नै यो लिच्छविसंवत्को निर्णय हो ।
यो ग्रन्थ एउटा सामान्य सम्वतको निर्णय मात्र होइन नेपालको इतिहासमा देखिएको विसृंखलता र असामञ्जस्यतालाई समाप्त गरी ऐतिहासिक क्रमबद्धता कायम गर्ने ऐतिहासिक कार्य हो ।
किसिपिडीदेखि धर्मस्थलीका अभिलेखहरुले ३५ वर्षको सट्टा ३८ वर्षमा १४ ओटा अधिमास परेको देखाइएबाट प्रमाणित हुन आउँछ ।
ब्रम्हगुप्त र वराहमिहिरका परिस्कृत सिद्धान्तहरुलाई आत्मसात गर्ने उद्देश्यले नै नेपालमा नेपालीबाटै सुमतितन्त्रको प्रतिपादन भएको थियो र सुमतितन्त्रका शकसंवत् ४९८ अर्थात् वि.सं ६३३ देखि नेपालमा शकसंवत्लाई परिमार्जन गरी मानदेव(द्वितीय)संवत् प्रारम्भ गरिएको थियो ।
नेपालमा जन्म लिएर अनि नेपाली भएर गुरुवरले आफनो जीवनकालमा नेपालका शुक्रतारा झैं इतिहास संशोधनको ज्योति फिजाउने कर्तव्य पालन गर्नु भयो । ( “नेपालका बौद्धिक विभूति नयराज पन्त” पृष्ठ ११०—१११)
यी अभिव्यक्तिले प्रशंसाको होडवाजी दौडमा सवैलाई उछिनेर पहिलो बन्न खोजेको मात्र देखियो । यथार्थमा लिच्छविसंवत्को निर्णयमा अन्तर्निहित विचारहरु उहाँ प्रशंसक महोदयले कुनै पनि बुझेको रहेनछ भन्ने छर्ल· हुन आयो । किनभने बुझेको भए त्यस खालको टिप्पणी अवश्य गर्नु हुने थिएन ।
१. वेदा· ज्योतिष
लिच्छविकालको अभिलेखमा आषाढ र पौषमा मात्र अधिमास परेको र वेदा· ज्योतिषमा पनि पाँच वर्ष भित्र अढाइ अढाई वर्षमा दुई ओटा अधिमास परेको छ । जसमध्ये एउटा आषाढमा अर्को पौषमा पर्ने गरेको देखेर प्रशंसित व्यक्तिले वेदा· ज्योतिषको चर्चा गरेको हो । यता अभिलेख तिर हेर्दा संवत् ३१ को भक्तपुर इनायचोको अभिलेख र संवत् ३४ को पाटन सुनधाराको अभिलेखले चार वर्ष भित्र नै दुइओटा अधिमास परेको त्यसमध्ये दुवै अधिमास पौषमा परेको देखेपछि वेदा· ज्योतिषको मान्यता फेल खाए तव उनी आफैले वेदा· ज्योतिष परित्याग गरेको कुरा प्रशंसकले चालैपाउन सक्नु भएन । तैपनि लिच्छविकालको अभिलेखमा भएको अधिमासहरु वेदा· ज्योतिष अनुसार ट्वाक्क मिलाएको जस्ता वाहियात कुरा गर्दा आकाशमा पु¥याइएको शुक्रतारा भुईमा ल्याएर पछार्न ल्याइयो भने जस्तै हुन आयो । प्रशंसित व्यक्तिले अधिमासको विषयमा वेदा· ज्योतिषबाट व्याख्या गरेकै छैन । अर्काे कुरा वेदा· ज्योतिषमा ३६६ सौरदिनको एक वर्ष हुन्छ भनेको कुरा स्वयं प्रशंसित व्यक्तिले इन्कार गरी ३६५ दिन र १५ घडी हुन्छ भनी सकेको छ । यसरी वेदा· ज्योतिषको सहारा लिनु गलत भनेर स्वयंले बताइ रहेको तिर नहेरी त्यसरी लाउँदै नलगाएको टोपी लगाएको भनेर फाल्तु प्रशंसा गर्नु उचित होइन ।
२. धर्मनिर्णय तिथिसार संग्रह
प्रशंसित व्यक्तिले गरेको व्याख्या तिर गयो भने धर्मनिर्णय तिथिसार संग्रहमा दुइथरिको मत दिइएको छ । ती दुई मत भनेको नारदमत र भारद्वाजमत हुन् । नारदमतले चैत्रादि वर्षको पक्षमा मात्र बोल्छ भने भारद्वाजमतले माघादि वर्षको पक्षमा मात्र बोल्छ । मानदेवको अभिलेखदेखि हेरुन् अंशुवर्माको अभिलेखदेखि हेरुन् र राघवदेवको अभिलेखदेखि हेरुन नेपालका सवै संवत् कार्तिकादि छन् । त्यसैले कार्तिकादि संवत्बारे धर्मनिर्णय तिथिसार संग्रहले केही बोलेको छैन । प्रशंसित व्यक्तिले पनि कार्तिकादि संवत्बारे धर्मनिर्णय तिथिसार संग्रहमा छ भनेर बोल्न सकेको होइन । यसरी शास्त्रमा हुँदै नभएको कुरालाई सूझबूझ केही विचारै नगरी त्यसरी लहैलहैमा बोल्नु भनेको कुनै बुद्धिमानी होइन ।
३. वराहमिहिरको पञ्चसिद्धान्तिका
वराहमिहिरको सिद्धान्त अनुसार चाँगुनारायणको स्तम्भलेखमा भएको संवत् ३८६ जेष्ठ भनेको शक ३८७ जेष्ठ हुन्छ । त्यसैले प्रशंसित व्यक्तिले ३८६+१३५+१=५२२ वि.सं हुन्छ भनेर दावा गर्दै आएका हुन् । यसरी प्रशंसित व्यक्ति होस् या वराहमिहिर या अरु एबिसि जोसुकैले भनेको भएपनि चाँगुको अभिलेखको संवत् ३८६ हो ३८७ होइन । यो कुरा प्रशंसक स्वयंले पनि वि.सं ५२२ होइन ५२१ नै हुनुपर्ने हो भनेबाटै यसमा अरु थप बोध गराइरहनु परेन । परन्तु कुरो यहीं सकेको होइन । यसरी थाहा पाइपाइकन पनि प्रशंसकले के के ? न बुझे जस्तो गरी वराहमिहिरको पञ्चसिद्धान्तिकाको फाल्तुबखान त्यो लेखमा गर्नु बिल्कुल सुहाएको होइन । त्यसैले प्रशंसकले केवल प्रशंसाको होडमा दौडने इच्छा गर्दैमा हुँदैन भनेर बुझ्नु पर्दथ्यो ।
४. सुमतितन्त्र
सुमतितन्त्रबारे प्रशंसित व्यक्तिले दुई किसिमको कुरा गरेको छ । एउटा कुरा यो लिच्छविकालमा रचना भएको ज्योतिषको ग्रन्थ हो भनेको छ भने अर्को ने.सं ४९५(वि.सं १४३१) मा सारि सिद्ध्याएको कुरा पनि छ । यदि यो लिच्छविकालमा रचना भएको ग्रन्थ भइदिएको भए सहोत्तर तन्त्र जस्तै अवश्य पनि लिपिको माध्यम लिच्छवि लिपिको हुने थियो । प्रशंसित व्यक्तिले सुमतितन्त्र भुजिंमोल लिपिमा लेखिएको मात्र बताउन सकेको छ । यसरी दोहोरो कुरा गरेर पाठकहरुलाई भ्रममा पार्नु हुँदैनथ्यो । जेहोस् लिच्छवि लिपिमा लेखिएको सुमतितन्त्र नभेटिएसम्म लिच्छविकालमा रचना भएको भन्न पाइने छूट कसैले पाएको होइन ।
यसरी भुजिंमोल लिपिमा लेखिएको मध्यकालीन ग्रन्थ लिच्छविकालको स्रोत होइन भन्ने त स्वतःसिद्ध भइहाल्यो । लिच्छविकालमा चलेको संवत्को निर्णय गर्न मध्यकालको स्रोतलाई आधार मान्नु कसैको लागि पनि हक छैन । सुमतितन्त्र सारेको बेलासम्म नेपालमा विक्रमसंवत्को कुनै संकेत नै देखेको थिएन भन्ने स्पष्टै छ । यदि कुनै संकेत पाएको भए त्यसमा पनि विक्रमसंवत्को उल्लेख आउन सक्थ्यो होला ।
भारतको इतिहास यसो पल्टाएर हेरियो भने पहिले कृतसंवत् नामले प्रशिद्ध भइरहेको संवत् कालान्तरमा आएर मालवगणको संवत् भनेर कृतसंवत्को सट्टा मालवसंवत् नामकरण गरियो भनिएको पाइन्छ । पछि त्यही मालवसंवत् नवौं शताव्दीमा आएर विक्रमादित्यको नामसंग जोड्न लगेर विक्रमसंवत् भनियो भन्ने कुरा भारतीय इतिहासकारका जुनसुकै पुस्तक पल्टाएर हेर्न सकिने कुरो हो ।
लिच्छविकालको कुरा गर्दा नेपालमा विक्रमसंवत् त के मालवसंवत्को पनि कुनै संकेत पाइन्दैन । त्यस कारण मानदेवको पालाको संवत् ३८६ लाई विक्रमसंवत् ५२१ वा ५२२ भन्नु सर्वात्मना गलत हो र अंशुवर्माको पालामा संवत् ३१ मा ६३३ जोडेर विक्रमसंवत् ६६४ भन्नु पनि गलत हो । किनभने त्यसवेला भारत मै मालवसंवत्को नाम विक्रमसंवत् कहलिन पाएको थिएन भने मानदेवको पालामा र अंशुवर्माको पालामा विक्रमसंवत् यतिउति भन्नु हावादारी गफ मात्र हो ऐतिहासिक होइन ।
उदाहरण कै रुपमा लिओैं कि कुनै जमानामा चोर भएर हिंडेको मानिस पछि साधू भए भन्दैमा पहिलेदेखि साधू थियो भन्न मिल्दैन । चोर भएको बेलाको हेर्ने दृष्टि चोरै हुन्छ र साधू भएको बेलाको हेर्ने दृष्टि साधु नै हुन्छ । त्यस्तै गरि शकसंवत्मा १३५ जोडेर बन्ने संवत् नवौं शताव्दीमा पो विक्रमसंवत् कहलिएको थियो त्यो भन्दा अघि त विक्रमसंवत् भनिंदैनथ्यो । त्यस कारण दुनियाँले महान भन्यो भन्दैमा इतिहासले थाहा नपाएको कुरा इतिहासकार बनेर लेख्ने छूट कसैलाई छैन ।
५. स्रोत प्रमाण कस्तोलाई मान्ने
नेपालमा र भोटमा गरी जम्मा चार वटा स्रोतमा वि.सं ६३३ देखि नेपालमा नयाँ संवत् चलेको थियो भन्ने कुराको प्रमाण भनेर निम्न कुरा अघि सारिएको छ । ती हुन् (क) सुमतितन्त्रको मूल वाक्य (ख) सुमतितन्त्रमा पछिपछि थपिएको वाक्य (ग) वि.सं १७१२ मा सारिएको हरिवंशको पुष्पिकावाक्य (घ) भोटका स सक्य पान चेन(वि.सं १२३९—१३०८) को वाक्य हुन् । वास्तवमा यो अवधारणा नै गलत हो किनभने ६३३ तिर विक्रमसंवत्को कुनै नामो निशानै थिएन । कित ६३३ लाई मालव संवत् भनिएको हुनु प¥यो । त्यस कारण वि.सं ६३३ देखि नयाँसंवत् चलेको भनेर दावा गर्ने अधिकार कसैलाई छैन ।
अर्को कुरा भारतमा अहिले पनि विक्रमसंवत् कार्तिकादि भएर चलीरहेको छ भन्ने कथन कतिपय नेपाल कै इतिहासकारहरुले बोल्दै आएका छन् । नेपालमा अहिले विक्रमसंवत् वैशाखादि र पूर्णिमान्त भएर चलीरहेको छ भन्दैमा लिच्छविकालमा पनि विक्रमसंवत्को यही पद्धति थियो भनेर भन्ने अधिकार पनि कसैलाई छैन । यसरी पाउँदै नपाएको अधिकार प्रयोग गरेर कसैले भन्यो भन्दैमा त्यसलाई पत्याइ हाल्ने कुरा इतिहाससंगत होइन । यस्तो तथ्यहीन कुरालाई इतिहास बुझेका व्यक्तिहरुले तारिफ गरेर बस्नु भनेको मुलुकको लागि दूर्भाग्य भइरहेको सिवाय अरु हो भन्न मिल्दैन ।(क) सुमतितन्त्रको मूल वाक्य
यसमा युधिष्ठिर दुर्योेधन संवत् नन्दसंवत् चन्द्रगुप्तसंवत् शूद्रकदेव संवत् र शकसंवत्को उल्लेख छ तर मालवसंवत र विक्रमसंवत् दुइटैको उल्लेख छैन । उल्लेखित संवत्हरुको उत्पत्ति स्थल नेपाल होइन । त्यसमाथि मालवसंवत् र विक्रमसंवत्को उत्पत्ति स्थल पनि नेपाल होइन भन्ने पनि सबैलाई थाहा हुनुपर्छ । त्यस कारण सुमतितन्त्रको रचना नेपाल खाल्डोमा भएको भनेर कसैले भन्छन् भने उसको उट्पटाङ कुरा मात्र हो । इतिहासमा अलि कति ज्ञान भएकाले त्यसो भन्नु र पत्याउनु बिल्कुलै जायज होइन ।
(ख) सुमतितन्त्रमा पछिपछि थपिएको वाक्य
सर्वप्रथमतः कुनै पनि मौलिक ग्रन्थमा पछि थपथाप गर्ने कार्य हुँदै हुँदैन । यदि त्यसमा त्रुटि देखिए भने स्वयं ग्रन्थकारले अर्को संस्करण निकालेको हुनुपर्दछ, अरुले थपथाप गरेर संस्करण निकाल्नु भनेको लेखकको आसय बिरुद्ध भएको ठहर्छ ।
अरु उदाहरण दिनै पर्दैन यदि प्रशंसित व्यक्तिले लेखेको कुनै पुस्तकको पाण्डुलिपि अरुले भेट्टाए भने त्यस पाण्डु लिपिमा उनको आसय बिपरीतको कुरा थपेर अरुले प्रकाशित गरियो भने के हुन्छ ? त्यो सोझै कीर्ते पुस्तक ठहर्छ । त्यस्तै सुमतितन्त्रमा पछिपछि थपिएको वाक्य भन्नासाथ त्यो ग्रन्थ कीर्ते ठहर भइ सक्यो भनेर बुझ्न जरुरी हुन्छ । त्यस प्रकारको कीर्ते दस्तावेजलाई प्रमाणको स्रोत मानिंदैन । त्यसमा साँचो कुरा नभएको भए किन थपथाप गर्छ ? भन्ने जस्ता कुतर्क गर्नु व्यर्थ हो ।
कुनै पनि लिखत भनौं वा ग्रन्थ वा शिलालेख भनौं कतिपयमा यसमा एउटा अक्षर वा शव्द मेट्न खोजे वा थप गर्न खोजेमा हजार शिवलिंग ध्वस्त गरेको वा हजारचैत्य ध्वस्त गरेको वा पंचमहापातक लागोस् भनेर सराप दिइएको कुरा यत्रतत्र देखिएकै हुनुपर्दछ । त्यस्तो व्यहोरा भएको लिखत वा शिलालेख अरुले नभए पनि प्रशंसित व्यक्तिले अवश्य पढेकै हुनुपर्दछ । त्यसकारण हामी नेपालीको परम्परागत संस्कृति संस्कार मै अरुको मौलिक ग्रन्थमा थपथाप गर्ने मनसाय नभएको कुरा भएकोले पछिपछि थपथाप गरिएको कीर्ते दस्तावेजलाई प्रमाण मान्ने संस्कार बिरुद्धको कुरा हो । तैपनि भन्नेले उनको स्वार्थ सिद्ध गर्नको लागि भनियो भने पनि इतिहास बुझेकाहरुले त्यस प्रकारको कुरा पत्याउँदैन र पत्याउनु हुदैन भनी बुझ्नु पर्दथ्यो ।
(ग) हरिवंश पुराणको पुष्पिका वाक्य
हरिवंश पुराण लेखिएको मिति पुष्पिका वाक्य मै स्पष्ट छ त्यसमा विक्रमसंवत् १७१२ लेखिएको छ । विक्रमसंवत्को जन्म इसापुव्र्व कालमा भएको तर नामकरण भने इसाको नवौं शताव्दीमा आएर भएको थियो । विक्रमसंवत् कहलिनु भन्दा अघि कृतसंवत् र मालवासंवत् भनिने गरिन्थ्यो भन्नेकुरा इतिहास पल्टाएर हेर्न सकिने कुरा हो । अंशुवर्माको समय छैठौं शताव्दी हो त्यसवेला विक्रमसंवतको नामाकरण नै भएको थिएन । विक्रमसंवत्को नामाकरण नै नभएको बेलाको तिथिमितिको निर्णय गर्न सत्रौं शताव्दीको हरिवंश पुराण स्रोतको सहारा कसैले पनि लिनुहुँदैन भनेर बुझ्नु पर्दथ्यो । भनाइको मतलव हरिवंश पुराण तात्कालिक स्रोत होइनन् । इतिहास नबुझेकाहरुले आफनो स्वार्थबश् स्रोत भनेर मान्न सक्ला तर इतिहास बुझेका इतिहासकारहरुले पनि प्रमाणका स्रोत भन्न थालियो भने त्यो जस्तो भयानक बिडम्वना अरु हुनसक्दैन ।
(घ) भोटको स— सक्य —पान चेनको वाक्य
यो स्रोत त अझ हरिवंश पुराण भन्दा पनि पछिको भएको हुनाले यसलाई प्रामाणिक स्रोत होइनन् भनी रहनै परेन । हरिवंश पुराणको त निश्चित मिति १७१२ विक्रमसंवत् दिइदा त प्रामाणिक होइन भनी सिद्ध गरिरहेको अवस्थामा भोटको स सक्य पानको वाक्य त विक्रमसंवत् १२३९देखि १३०८ सम्म दिइएका हुनाले थप व्याख्या गर्नै परेन । त्यस कारण ऐतिहासिक स्रोत भन्ने कुरा तात्कालिक हुनै पर्दछ । यो सर्वमान्य मान्यता नै हो ।
६. रमेशचन्द्र मजुमदारको मत
मजुमदारको भनाइ अनुसार नेपालमा ८ र १२ अंक अशुभ मानिने हुंदा उक्त शकसंवत् ८०१ मध्ये ८०० लाई तिरस्कार (संक्षेपण) गरी संवत् १ लाई मात्र कायम गरी राघवदेवले नेपालसंवत् व्यवहार गरेको भनेको हो । वास्तवमा प्रशंसित व्यक्तिको मान्यता यो होइन त्यसैले लिच्छविसंवत्को निर्णयको पृष्ठ ३२२ देखि ३४५ सम्म भारतीय इतिहासकार रमेशचन्द्र मजुमदारको मतको व्याख्या र उनको मत मिल्दैन भनेर खण्डन गरी सकेको हो । तर प्रशंसकले यता तिर कुनै ध्यान नै दिएको देखिएन । त्यसरी मजुमदारको मतलाई पनि समर्थन गर्ने अर्कोतिर जसले मजुमदारको मत मिल्दैन भनी खण्डन गरे उनैको प्रशंसा पनि गर्ने भइदिंदा आकाशमा पुगेको शुक्रतारा धरतीमा पछार्ने खालको मान्यता हुन गयो । यो भनेको विद्वताको घोर उपहास हुनु हो ।
निष्कर्ष
जसले वेदा· ज्योतिष ,धर्मनिर्णय तिथिसार संग्रह,वराहमिहिरको कुरा ,सुमतितन्त्रको कुरा, विक्रमसंवत् के हो र रमेशचन्द्र मजुमदारको भनाइ के हो ? केही थाहा छैन उसले ती कुराको हवाला दिएर सबै कुरा ट्वाक्कट्वाक्क मिलाएको भनेर तारिफ र प्रशंसा गरेको हुनु अतिरञ्जित मात्र हो । यस्तो अतिरञ्जित कुरा देख्दा तारिफ र प्रशंसा शव्द स्वयंले नै लज्जित अनुभूति गरियो होला भन्न सकिन्छ । अरु सामान्य मानिस फाल्तु प्रशंसाको पक्षमा दौडनुमा खासै आश्चर्य मान्नु पर्दैन तर वुद्धिजीवि वर्गहरु समेत त्यो दौडमा तँछाडमछाड गरी रहेको देखिनु आश्चर्य नै भन्नु पर्दछ । त्यसैले सम्पूर्ण पाठक वर्गमा यो अपिल छ कि यथार्थ पहिल्याऔं र त्यही यथार्थको धरातलमा टेकौं वृथामा प्रशंसालाई लज्जित बनाउने प्रयत्न नगरौं भन्ने नै यो लेखको उद्देश्य हो ।