
काठमाडौँ।अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्माको ८९ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ ।
धेरै वर्षदेखि उहाँ मधुमेह, रक्तचाप लगायत रोगव्याधीबाट पीडित थिए।र पछिल्लो समय कलेजोमा पनि समस्या देखिएको थियो।
वि.सं. २०२७ सालदेखि साहित्यिक द्वैमासिक पत्रिका ‘अभिव्यक्ति’को सम्पादन प्रकाशनमा सक्रिय शर्मा आफू स्वयम् कथा र उपन्यास लेख्थे । शर्माको ‘दिवास्वप्न’ र ‘महापुरुष’ उपन्यास प्रकाशित छ भने कथाकृति ‘पिपलको बोटमुनि’ पनि प्रकाशित छ ।
उनको सम्पादनमा प्रकाशित ‘अभिव्यक्ति’मा आफ्ना रचना प्रकाशित गरेरै धेरै साहित्यकार चर्चामा आएका छन् । शर्माका पत्नी र दुई छोरा छन् ।

