काठमाडौँ। नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा अनेसास केन्द्रिय महिला समितिको आयोजनामा तीज विशेष कार्यक्रम ‘कवितामा तीज’सम्पन्न गरिएको छ। अनेसास अन्तर्गतको अनेसास महिला केन्द्रिय समितिद्वारा आयोजित तीज विशेष काव्य वाचन कार्यक्रम जूम मार्फत गरिएको थियो।
कार्यक्रमको अध्यक्षता अनेसास महिला समितिकी संयोजक उर्मिला निर्दोषीले रहेकी थिइन् । प्रमुख अतिथिको भूमिका अनेसासका पूर्व अध्यक्ष – गीता खत्री तथा विशेष अतिथिहरुमा बरिष्ठ नाटकार अशेष मल्ल, समालोचक लीला लुइटेल, समालोचक महेश पौड्याल रहेका थिए।
अनेसास केन्द्रिय अध्यक्ष- सर्वज्ञ वाग्ले तथा सम्पूर्ण केन्द्रिय पदाधिकारीहरू, अनेसास बोर्ड अफ ट्रष्टीका सभापती पदम विश्वकर्मा तथा संपूर्ण ट्रष्टीका पदाधिकारीले अतिथि रहेका थिए।
अनेसास विभिन्न समितिका संयोजकहरु र अन्य सदस्यहरु, अनेसास र ट्रष्टीका सल्लाहकारहरु र विभिन्न सञ्चार माध्यमका पत्रकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा तीज र तीजको महत्त्वलाई वरिष्ठ नाटककार अशेष मल्लले प्रष्ट पारेका थिए । अनेसास अध्यक्ष सर्वज्ञ वाग्लेले कविता वाचनसहित सुभकामना मन्तव्यदिएका थिए। बोर्ड अफ ट्रस्टीका अध्यक्ष पदम विश्वकर्माले शुभकामना सन्देश दिएका थिए। अनेसासका पूर्व अध्यक्ष – गीता खत्री तथा लीला लुइटेल शुभकामना मन्तव्य तथा महेश पौड्यालले कार्यक्रमको सङ्क्षीप्त समीक्षात्मक टिप्पणी सहित कविता वाचन गरेका थिए।
विश्वभरिका धेरै देशहरूबाट सहभागी भएका कविहरूले विभिन्न छन्द र लयमा तीजका कविता वचन गरेका थिए। वरिष्ठ छन्द कवि प्रभा भट्टराई, भारती शर्मा, सीता पाण्डे, लतिका जोशीलगायत करिव ४० जना कविहरुले आ -आफ्नो कविता वाचन गरेका थिए।
कार्यक्रमलाई स्वागत कवि तथा महिला समिति सदस्य माया गुरुङले गर्नु भएको थियो। कार्यक्रम संचालन क्रमस: अनेसास महिला समितिका सदस्यहरू रञ्जना निरौला, माया गुरुङ, साधना शर्मा,दीपा घिमिरे,अम्बीका लोहनी ,चन्द्र शर्माले गरेका थिए। धन्यवाद ज्ञापन तथा कार्यक्रम समापन कार्यक्रमकी अध्यक्ष उर्मिला निर्दोषीले गरेकी थिइन् ।