
भक्तपूर। आशापुरेश्वर संरक्षण समितिमा अजय तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
बुधबार सम्पन्न वार्षिक साधारण सभाबाट सरोज कुमार तामाङ उपाध्यक्ष,लोकनाथ सापकोटा सचिव,ओम बहादुर तामाङ कोषाध्यक्ष चयन भएका छन् । यसैगरी सदस्यहरुमा विरबहादुर तामाङ,गंगा श्रेष्ठ,उषा के.सी.विदुरप्रसाद सापकोटा,विकासकुमार तामाङ, आनन्दकुमार थापा, जेन कुमार तामाङ निर्विरोध निर्वाचित भए ।
साधारण सभा सूर्यविनायक नगरपालिका ८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले उद्घाटन गरेका थिए । उनले धार्मिक महत्वको आशापुरेश्वर महादेवको संरक्षण,सम्बद्र्धनमा नगरपालिका र वडाबाट सहयोग भैआएको र आगामी साउन महिनामा आउने दर्शनार्थी भक्तजनहरुलाई लक्षित गर्दै बाटोका अवरोध पन्छाउने कुरामा आफ्नो ध्यान केन्द्रीत रहेको बताए ।
उद्घाटन विभिन्न व्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
बन्द शत्रको प्रमुख अतिथि बनेपा १४ का वडा अध्यक्ष एवं समितिका पूर्व अध्यक्ष टुल्कु लामाले योगदानमा संलग्न अग्रजहरुको स्मरण गरे । उनले निर्वाचित सबैलाई प्रमाणपत्र प्रदान गरे ।
निर्वाचन अधिकृत प्रदीप सापकोटाले निर्वाचित सबैलाई सपथ खुवाउँदै अध्यात्मलाई जोडेर प्राकृतिक रुपमा सुन्दर धार्मिक रुपमा अत्यन्तै महत्वपूर्ण आशापुरी क्षेत्रको विकास गर्न सकिनेमा जोड दिए ।
अजय तामाङको अध्यक्षतामा सम्पन्न सभाको खुला सत्रको सञ्चालन लोकनाथ सापकोटा र बन्द सत्रको सञ्चालन सरोजकुमार तामाङले गरेका थिए ।


