
रूपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा लुम्बिनी प्रदेशको सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्।
रूपन्देहीका उनी यसअघि प्रदेश उपसभापति थिए। उनी पहिले कोषाध्यक्ष हुँदै उपसभापति बनेका थिए ।
शनिबार नयाँ नेतृत्वका लागि ६ जनाका बीचमा प्रतिस्पर्धा भएको थियो।
पार्टीको विधानअनुसार शनिबार भएको मतदानबाट कसैले पनि आवश्यक बहुमत अर्थात ५१ प्रतिशत मत प्राप्त गर्न सकेका थिएनन्। त्यसैले ६ प्रतिस्पर्धीमध्ये बढी मत प्राप्त गर्ने दुई जनाका बीचमा फेरि आइतबार दोस्रो चरणको मतदान गर्ने तयारी थालिएको थियो।
मतदानबाट ६ प्रतिपस्र्धीमध्ये सबैभन्दा बढी मत १९९ शालिकराम घिमिरेले प्राप्त गरेका थिए।