
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ ।
रास्वपाले आज बिहान बागमती प्रदेशको अधिवेशन उद्घाटन गरी प्रदेश अधिवेशन सुरु गर्दैछ । बागमती अधिवेशन प्रदेश राजधानी हेटौंडामा बिहान उद्घाटनको तयारी गरिएको हो ।
अधिवेशनको उद्घाटन सभापति रवि लामिछानेले गर्दैछन् ।
अधिवेशनको हेटौंडास्थित हिमालयन दरबारमा हुने अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने तय भएको छ । बागमतीपछि अन्य प्रदेशको अधिवेशन सुरु हुनेछ ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन भने असार ६ र ७ गते चितवनमा हुँदैछ ।

