
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेबीच शिष्टाचार भेटवार्ता भएको छ ।
“हामीले हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी–पार्टी संलग्नतालाई गहिरो बनाउने र जनता–जनता सम्बन्ध विस्तार गर्ने बारेमा फलदायी छलफल गर्यौं,” परराष्ट्रमन्त्री खनालले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शुक्रबार परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
भेटवार्ता शनिबार भारतको राजधानी नयाँ दिल्लीमा भएको हो । परराष्ट्रमन्त्री खनाल भारतको तीनदिने भ्रमणको क्रममा शुक्रबार नयाँ दिल्ली पुगेका थिए





