NEB
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा–१०)ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ ।
आउँदो असार १ देखि ९ गतेसम्म पूरक परीक्षा हुँदै छ । एसइई–२०८२ को परीक्षाफल यसअघि एक महिनामा प्रकाशन गरिएको थियो ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीले आउँदो असार २५ गतेभित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताए ।




