
नेपाल सुटिङ संघको आयोजनामा २७ औं पुरुष तथा २६ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिता शनिबारदेखि सातदोबाटोस्थित सुटिङ रेन्जमा सुरु भएको छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुष÷महिला १० मिटर एयर राइफल र पेस्तोलको व्यक्तिगत र मिक्स टिममा गरी ६ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको आयोजक संघका महासचिव प्रदीप खातीले जनाएका छन् ।
पुरुषमा ३४ तथा महिलामा २८ खेलाडी सहभागी छन् । उद्घाटनका अवसरमा आईएसएसएफ र एएससीको डेभलोप्मेन्ट फन्डबाट प्राप्त खेल सामाग्री पनि हस्तान्तरण गरिएको थियो । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।




