काठमाडौँ ।अमेरिकाले इरानमा फेरि आक्रमण गरेको छ।
गएराति दक्षिणी इरानमा अमिरिकाले फेरि हमला गरेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
अमेरिकाले हर्मुज नजिक आफ्नो सेना र व्यावसायिक जल यातायातका लागि खतरा ठानिएका इरानी सैन्य संरचनाहरूलाई लक्ष्य गरेरर रातारात हमला गरेको हो।
रोयटर्सले एक अमेरिकी अधिकारीलाई हवाला दिँदै लेखेको समाचार अमेरिकी सेनाले इरानबाट उडाइएका धेरै ड्रोनहरू पनि खसालेको बताएका छन्। ती ड्रोनले अमेरिकी सैन्य फौज र हर्मुज जलमार्ग हुँदै हुने सीमित व्यावसायिक जहाज आवागमनमा खतरा निम्त्याएको दाबी गरिएको छ।
अमेरिकी अधिकारीका अनुसार अमेरिकी सेनाले चारवटा ‘वन–वे अट्याक ड्रोन’ ९एकतर्फी आक्रमण ड्रोन० खसालेको थियो। त्यसपछि पाँचौँ ड्रोन उडाउनुअघि दक्षिणी इरानको बन्दर अब्बासस्थित ड्रोन नियन्त्रण केन्द्रमा हवाई आक्रमण गरिएको थियो। उक्त स्थान इरानको सबैभन्दा महत्वपूर्ण बन्दरगाह मानिन्छ।
अमेरिकी अखबार द न्युयोर्क टाइम्सका अनुसार बन्दर अब्बास आसपास बिहीबार बिहानपख विस्फोटको आवाज सुनिएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पनि पुष्टि गरेका छन्। इरानी पक्षले शहरको पूर्वी क्षेत्रमा तीनवटा विस्फोट भएको र वायु प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाएको छ। घटनाको स्रोतबारे अनुसन्धान भइरहेको बताइएको छ।
यो तीन दिनभित्र अमेरिकी सेनाले गरेको दोस्रो आक्रमण हो। यसअघि सोमबार पनि अमेरिकाले आफूले रक्षात्मक कारबाही गरेको जनाएको थियो। अमेरिकाले बारुदी सुरुङ बिछ्याउन खोजेका डुंगा र मिसाइल प्रक्षेपणस्थललाई निशाना बनाएको दाबी गरेको थियो।
तर इरानले त्यसलाई दुई देशबीचको कमजोर युद्धविरामको गम्भीर उल्लंघन भनेको थियो।
रोयटर्सले एक अमेरिकी अधिकारीलाई हवाला दिँदै लेखेको समाचार अमेरिकी सेनाले इरानबाट उडाइएका धेरै ड्रोनहरू पनि खसालेको बताएका छन्। ती ड्रोनले अमेरिकी सैन्य फौज र हर्मुज जलमार्ग हुँदै हुने सीमित व्यावसायिक जहाज आवागमनमा खतरा निम्त्याएको दाबी गरिएको छ।
अमेरिकी अधिकारीका अनुसार अमेरिकी सेनाले चारवटा ‘वन–वे अट्याक ड्रोन’ (एकतर्फी आक्रमण ड्रोन) खसालेको थियो। त्यसपछि पाँचौँ ड्रोन उडाउनुअघि दक्षिणी इरानको बन्दर अब्बासस्थित ड्रोन नियन्त्रण केन्द्रमा हवाई आक्रमण गरिएको थियो। उक्त स्थान इरानको सबैभन्दा महत्वपूर्ण बन्दरगाह मानिन्छ।
अमेरिकी अखबार द न्युयोर्क टाइम्सका अनुसार बन्दर अब्बास आसपास बिहीबार बिहानपख विस्फोटको आवाज सुनिएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पनि पुष्टि गरेका छन्। इरानी पक्षले शहरको पूर्वी क्षेत्रमा तीनवटा विस्फोट भएको र वायु प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाएको छ। घटनाको स्रोतबारे अनुसन्धान भइरहेको बताइएको छ।
यो तीन दिनभित्र अमेरिकी सेनाले गरेको दोस्रो आक्रमण हो।
यसअघि सोमबार पनि अमेरिकाले आफूले रक्षात्मक कारबाही गरेको जनाएको थियो। अमेरिकाले बारुदी सुरुङ बिछ्याउन खोजेका डुंगा र मिसाइल प्रक्षेपणस्थललाई निशाना बनाएको दाबी गरेको थियो।