
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान् पर्व इद उल अजहा (बकर इद)को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालबाट बकर इदको अवसरमा सबैमा प्रेम, सद्भाव, एकता र मानवता अभिवृद्धिको हार्दिक उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन् ।
उनले लेखेका छन् हाम्रो देश विविध आस्था, संस्कार र सभ्यता संरक्षित भएको पावन भूमि हो । यहाँ मन्दिरको शंखनाद, मस्जिदको अजान, गुम्बाको मन्त्र र सनातन संस्कृतिका सबै स्वरहरू एउटै आकाशमुनि सहअस्तित्वको संगीत बनेर गुञ्जिन्छन्। हाम्रो शक्ति यहाँका विविधता बीचको एकतामा छ। यही सहिष्णुता र सद्भावले नेपाललाई आत्मिक सहअस्तित्वको भूमि बनाएको छ। बकर ईदको यस अवसरमा मुस्लिम समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा पुनः हार्दिक शुभकामना ! इद मुबारक ! उनले लेखेका छन् ।



