काठमाडौं । मधेस प्रदेशको नयाँ सरकार गठनका लागि सात दलले आइतबार प्रदेशप्रमुख समक्ष दावी पेश गर्ने तयारी गरेका छन् ।
नेकपा एमाले,माओवादी केन्द्र,जनमत,एकिकृत समाजवादी लगायतका सात दलका ६३ साँँसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा जनमत पार्टीका महेश यादवलाई अघि सार्ने तयारी गरिएको एमाले संसदीय दलका नेता सरोज यादवले उक्त कुराको जानकारी दिएका छन् । केन्द्रमा नयाँ सरकार बनेसँगै एमाले,माओवादी,जसपा, नेपाल नेतृत्वको सरकारबाट फिर्ता भएको थियो । यो प्रदेशमा लोसपाका ९ साँसद छन् । उनीहरु सत्तामा जाने कि नजाने भन्ने निर्णयमा पुगेका छैनन् । वर्तमान मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने तयारी गर्दैगर्दा सो अगावै एमाले र माओवादीकेन्द्र सरकारबाट फिर्ता भएको हो । यसैगरी आजै एकिकृत समाजवादीले पनि आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने तयारीमा छ ।
कूल १०७ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि ५४ साँसदको समर्थन चाहिन्छ ।