नवलपरासी । नेपाल स्रष्टा समाज, लुम्बिनी प्रदेशको आयोजनामा नवलपरासीको बर्दघाटमा स्रष्टा डा. श्यामप्रसाद न्यौपानेका दुई कृतिहरू लोकार्पण गरिएका छन् ।
२०८३ जेठ ३ गते आइतबार बर्दघाट प्रेस क्लबको सभाहलमा आयोजित ‘कृति लोकार्पण एवम् रचनावाचन’ कार्यक्रममा डा.न्यौपानेद्वारा लिखित कवितासङ्ग्रह ‘सिमल भुवा’ र लघुकथासङ्ग्रह ‘मिस्कल’ सार्वजनिक गरिएको हो ।
कार्यक्रममा सार्वजनिक गरिएका दुवै कृतिमाथि समीक्षकहरूले विस्तृत रूपमा समीक्षात्मक चर्चा गरेका थिए ।
लघुकथासङ्ग्रह ‘मिस्कल’माथि समीक्षक रुद्र ज्ञवालीले र कवितासङ्ग्रह ‘सिमल भुवा’माथि शेषकान्त पौडेलले आ-आफ्नो समीक्षात्मक दृष्टिकोण प्रस्तुत गरेका थिए । उनीहरूले डा. न्यौपानेका सिर्जनाले समाजको यथार्थ चित्रण गर्नुका साथै नेपाली साहित्यभण्डारमा महत्त्वपूर्ण इँटा थपेको कुरामा जोड दिएका थिए ।
साहित्यकार रमेश समर्थनको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न स्रष्टाहरुले रचना बाचन गरे । विष्णु गजुरेलले स्वागत मन्तव्य राखेको
कार्यक्रमको सञ्चालन कुसुमाकर ढकाल कृष्णले गरेका थिए ।