काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी ‘चुईचुइ पारेर’ चयन भएका छन् ।
संघको शनिबार संम्पन्न २१ औँ महाधिवसनले केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
प्रतिद्वन्द्वी सबिन श्रेष्ठलाई भारी मतान्तरले पराजित गर्दै केसी विजयी भएका हुन् ।
कुल ३५६ मत खसेको निर्वाचनमा केसीले २१६ मत प्राप्त गर्दा प्रतिस्पर्धी सबिन श्रेष्ठले १३२ मत पाएका थिए ।
त्यस्तै उपाध्यक्ष पदमा शिवहरी बैरागी १४६ मत पाएर विजयी भए । यसैगरी पूजना प्रधान १४४ मत, महासचिव पदमा सुनील कटवाल १९५ मतका साथ विजयी भएका छन् । सचिव पदमा गोपाल ढकाल २१४ मतका साथ विजयी भएको कार्यसमितिमा कोषाध्यक्षमा तेजुला खतिवडा १४९ मत पाएर विजयी भए । सह–कोषाध्यक्षमा पवन केसी १६१ मत सहित विजयी भए ।
कार्यकाल तीन वर्षको हुने उक्त समितिका सदस्यहरुमा क्रमशमन रुपाखेती, इन्द्रबहादुर लामा ‘खम्बे’, चन्द्रकला राई ‘लब्ली संगम’, छुल्ठिम गुरुङ, नवीनकुमार श्रेष्ठ, जीवन थापा, सुलेमान इकु, रश्मि भट्ट , चन्द्रकला ‘मोनीका’ दाहाल र श्रीदेव भट्टराई निर्वाचित भए ।