
हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन बैठक यही वैशाख ६ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ।
उक्त दिन बस्ने बैठकमा गत चैत २५र२६ गते बसेको बैठकमा प्रस्तुत भएको विभिन्न विधेयकको सैद्धान्तिक पक्षमा छलफल गर्ने र विधेयकमाथि दफाबार छलफल गर्ने कार्यका लागि विभिन्न समितिमा पठाउने कार्यसूची रहने प्रदेशसभाका सचिव रामकुमार पौडेलले जानकारी दिए।