काठमाडौं । सोमवार नेप्से परिसूचक चार अंकले घटेर २ हजार ७९.०७ विन्दुमा ओर्लिएको छ । अघिल्लो दिनको तुलनामा यो ०.१९ प्रतिशतले कम हो । आइतबार साँढे १३ अंकले बढेकोमा सोमबार भने सामान्य अंकले घटेको हो ।
यसैगरी अघिल्लो दिनको तुलनामा कारोबारको रकम पनि केही घटेको छ । हिजो ४ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो उक्त दिन कारोबारमा आएका मध्ये १ सय १० वटा कम्पनीको सेयर मूल्य बढेको छ । भने सय २९ वटाको घटेको छ । यसैगरी ८ वटाको मूल्य भने स्थीर रहेको देखिन्छ ।