काठमाडौं । कनकचैत्य महाबिहारमा रहेको अमोघपास लोकेश्वर (वर्षा देवता)को रथयात्रा आजदेखि सुरु भएको छ । हरेक वर्ष चैत शुक्लअष्टमीको अवसर पारेर आयोजना गरिने अमोघपास लोकेश्वर (सेतो मछिन्द्रनाथ) को रथयात्रा तीन दिन मनाइन्छ ।काठमाडौं उपत्यकाका वृद्धवृद्धा, अशक्तहरु लाई दर्शन गराउन लागि कनकचैत्य महाबिहारमा रहेको अमोघपास लोकेश्वर (सेतो मछिन्द्रनाथ) रथयात्रालाई नगर परिक्रमा गराउने चलन छ ।

अमोघपास लोकेश्वर (सेतो मछिन्द्रनाथ)को मूर्तिलाई केलटोलस्थित कनकचैत्य महाबिहार बाट विधिपूर्वकबाहिर ल्याइन्छ । त्यसपछि केलटोल, इन्द्रचोक, बाङ्गेमुढा, असन, कमलाक्षी हुँदै तीनधारा पाठशालामा ल्याएर रथमा विराजमान गराइन्छ ।
जमलस्थित तीनधारा पाठशाला परिसरबाट रथ रथयात्रा आजै असनतर्फलगिने कार्यक्रम छ ।