
काठमाडौं।जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमबार राति गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ३० जना घाइते भएका छन् ।
भूकम्पका कारण हजारौँ मानिसले आफ्नो घर छाड्नुपरेको छ ।
जापानको मौसम विज्ञान एजेन्सीले भूकम्प स्थानीय समयअनुसार राति ११ः१५ बजे गएको जानकारी दिएको छ । यसको केन्द्र आओमोरी क्षेत्रको तटबाट लगभग ८० किलोमिटर टाढा जमिनमुनि ५० किलोमिटर गहिराइमा थियो ।
स्थानीय सञ्चार माध्यमका अनुसार अधिकारीहरूले थप शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएका छन् । यस कारण मानिसहरूलाई कम्तीमा एक हप्तासम्म उच्च सतर्कतामा रहन भनिएको छ ।
जापानकी प्रधानमन्त्री सनाई ताकाइचीले भूकम्पका लागि आफ्नो तयारीहरूलाई फेरि परीक्षण गर्न र धक्का महसुस गरेमा तुरुन्तै बाहिर निस्कन तयार रहन अपिल गरेकी छन् ।