
रुकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी बनेका छन् ।
निर्वाचन आयोगको अन्तिम नतिजाअनुसार प्रचण्ड १० हजार २४० मत प्राप्त गर्दै विजयी बनेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लिलामणी गौतमले ३ हजार ४६२ मत प्राप्त गरे ।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गर्दै चौथौं स्थानमा रहँदै रास्वपा लखनकुमार थापाले ८१९ मत प्राप्त गरे ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दीप पुनले २०३ मत प्राप्त गरे ।



