कविता
सुमन थापा सङ्गम
प्रेमको परिभाषा
थोरै उनले दुखाए
अलिक धेरै
म आफै दुख्न पुगेंछ
उनको सामिप्यतामा
काँपेको थियो
हृदयका भित्ताहरू…
आँखाको बाटो हुँदै
मुटुसम्मको यात्रा थियो
र त कठिन थियो उनलाई भुल्न
उनीबाट छुट्टीनु पर्दा
पीडा बोध नभएको होइन
प्रेम- हृदयत: हृदयलाई छुनु हो
प्रेम- दुखाई भन्दा अझै धेरै दुख्नु पनि हो
प्रेम- मनले मनलाई गहिराईसम्म डुबाउनु पनि हो
प्रेमको गहिराई बुझाउन
खोजें मैले
तर उनि मुस्कुराई रहे
सायद उनले बुझे होलान्
प्रेमको वास्तविक परिभाषा