काठमाडौँ।अमेरिकासँगको वार्ताका लागि इरानले नयाँ प्रस्ताव पठाएको छ ।
अमेरिकासँग वार्ता गर्न मध्यस्थकर्ता पाकिस्तानलाई एउटा नयाँ प्रस्ताव पठाइएको इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार जनाएको छ ।
इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले भनेको छ, “इस्लामिक रिपब्लिक अफ इरानले पाकिस्तानलाई अमेरिकासँगको वार्तामा मध्यस्थकर्ताको रूपमा एक नयाँ प्रस्ताव पठाएको छ ।”
यद्यपि, यस प्रस्तावमा के–के कुराहरू समावेश गरिएका छन् भन्नेबारे जानकारी दिइएको छैन ।