जनकपूर ।मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत पाएका छन्।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा उपस्थित सबै सदस्यहरूले उनलाई विश्वासको मत दिएका हुन्।
मुख्यमन्त्री कृष्ण प्रसादले संविधानको धारा १६४ को उपधारा ४ बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न राखेको प्रस्तावको पक्षमा अर्थात ‘हुन्छ’ भन्ने पक्षमा उपस्थित प्रदेशसभा सदस्य पूरै ९२ मत नै खसेको थियो।
१०७ सदस्य रहेको मधेस प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५४ मत आवश्यक पर्थ्यो।
उपसभामुख बबिता कुमारी राउत ईशरले प्रदेश मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभामा विश्वासको मतका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको सदनलाई जानकारी दिइन्।
सम्पूर्ण दलले यादवलाई विश्वासका मत दिएका छन्।