
पोखरा ।नेकपा (एमाले)को भातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व चयन गर्न भएको मतदान सकिएको छ।
पोखरामा भएको दशौं महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयन सर्वसम्मत हुन नसकेपछि मंगलबार बिहानदेखि मतदान भएको थियो।
युवा संघका अनुसार कुल मतदाता १ हजार ७६५ जनामध्ये १ हजार ४०४ जनाले मतदान गरेका छन्।
निर्वाचन समितिले मतदानका लागि ९ वटा क्षेत्रमा ४० बुथ बनाएर निर्वाचन सम्पन्न गरेको युवा संघका इन्चार्ज राजीव पहारीले बताए।
अध्यक्षका लागि क्षितिज थेबे र सुमन पुरीबीच प्रतिस्पर्धा भएको छ ।
दुबै अध्यक्ष पदका प्रत्यासीले अलग अलग समूह बनाएका छन् ।
सम्भवत आज राती अबेरसम्ममा मतगणनाको परिणाम आइसक्ने आँकलन गरिएको छ।