
काठमाडौं । न्यायपरिषद् नियमावलीमा भएको संशोधनबारे सुझाव दिन वरिष्ठतम् न्यायाधीशको नेतृत्वमा कार्यदल गठन भएको छ ।
नेपाल बार एशोसिएशनले नियमावलीको विषय उठाएरआन्दोलन थालेपछि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सोमबार बारबेन्च समन्वय समितिको बैठक राखेका थिए ।
वरिष्ठतम् न्यायाधीश राउतसहित नेपाल बार न्यायपरिषद्का सदस्य रामप्रसाद भण्डारी, नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनाल सदस्य रहनेछन् । न्यायपरिषद्का सचिव यमबहादुर दुराले सदस्य सचिवको भूमिका निर्वाह गर्ने बताइएको छ ।





