
काठमाडौं सत्तापक्ष एमाले र कांग्रेस नेता बिच प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।
बैठकमा सहभागी नेता हरुमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, विष्णु रिमाललगायत नेता छन् ।
पछिल्लो केही दिनयता कांग्रेसको संस्थापनइतरमा रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराललाले लगातार सरकारका कामप्रति असन्तुष्टि व्यक्त गर्दै आएक छन् ।
