
काठमाडौँ । काठमाडौँ जिल्लाको बुढानीलकण्ठमा अवस्थित बाल विकास बोर्डिङ हाई स्कुल प्याब्सन काठमाडौँद्वारा सम्मानित भएको छ ।
आफ्नो स्थापनाकालको बत्तिसौँ वर्षमा प्रवेश गरिसकेको यस विद्यालयले पच्चिसौँ ब्याचको एसइई परीक्षामा उत्कृष्ट नतिजाका साथ सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएकाले सो सम्मान पाएको हो ।
असार २१ गते राष्ट्रिय नाचघरमा आयोजना भएको सो कार्यक्रम राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियो ।
एसइई सम्मानको भव्य कार्यक्रममा आफ्नो विद्यालय सम्मानित हुँदा आफू गौरवान्वित भएको कुरा विद्यालयका प्राचार्य महेश कुमार श्रेष्ठले बताए।


