
काठमाडौँ । भुवनेश्वर, ओडिशास् भारतको ओडिशा राज्यको मन्दिरहरूको सहर भुवनेश्वरमा ११ देखि १३ डिसेम्बर २०२६ सम्म ११औँ ओडिशा कला तथा साहित्य महोत्सव (ओएएलएफ) आयोजना हुने भएको छ।
तीनदिने यस अन्तर्राष्ट्रिय साहित्य महोत्सवले भारत तथा विश्वका विभिन्न देशका प्रतिष्ठित लेखक, चिन्तक तथा सर्जकहरूलाई एकै थलोमा ल्याउने आयोजकले बताएका छन् । अमिर ओर (इजरायल), सेथ माइकलसन (अमेरिका), अलिरेजा अबिज (इरान/बेलायत) को सहभागिता हुनेछ । यसैगरी माकी स्टारफिल्ड (जापान), मार्लेना जिङ्गर (पोल्याण्ड), एमके अजय (भारत/हङकङ), लौरा गाराभाग्लिया (इटाली), हसनाल अब्दुल्लाह (बंगलादेशरअमेरिका), सालिम अब्दाली (इराक/डेनमार्क), बेङ्ट ओ. ब्योर्कलुन्ड (स्विडेन) तथा हुसेन हाबाश (कुर्दिस्तान/जर्मनी) यस महोत्सवमा ११ देशका चर्चित लेखकहरूको सहभागिता रहनेछ। ।
महोत्सव निर्देशक मण्डलका अनुसार यस प्रतिष्ठित अन्तर्राष्ट्रिय साहित्यिक समारोहमा नोबेल पुरस्कार विजेता तथा बुकर पुरस्कार विजेता साहित्यकारहरू लगायतका विशिष्ट व्यक्तित्वहरूको समेत सहभागिता रहने अपेक्षा गरिएको छ।
महोत्सवमा ओडिशा, भारत तथा विश्वका विभिन्न भागबाट २०० भन्दा बढी लेखक, कवि, कलाकार तथा सांस्कृतिक व्यक्तित्वहरूको सहभागिता रहनेछ। कार्यक्रमअन्तर्गत विचार गोष्ठी, लेखकहरूसँग अन्तरक्रिया, साहित्यिक वाचन, सांस्कृतिक प्रस्तुतिहरू तथा समकालीन विश्वव्यापी मुद्दाहरूमा संवादहरू आयोजना गरिने पनि आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।
अन्तर्राष्ट्रिय साहित्यिक दृष्टिकोणका साथै ओएएलएफ २०२६ ले ओडिशाको समृद्ध साहित्यिक, कलात्मक तथा सांस्कृतिक सम्पदाको उत्सव पनि मनाउनेछ। महोत्सव अनुभवको एक भागका रूपमा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले ओडिशाको गौरवशाली इतिहास र परम्पराको अनुभूति गर्न खण्डगिरि, उदयगिरि, कोणार्क, पुरी तथा ललितगिरि जस्ता सांस्कृतिक तथा ऐतिहासिक सम्पदा स्थलहरूको भ्रमण गर्नेछन्।
ओडिशा कला तथा साहित्य महोत्सवले विश्वव्यापी संवाद, सिर्जनशीलता तथा सांस्कृतिक आदानप्रदानका लागि साझा मञ्च निर्माण गर्ने आफ्नो प्रयासलाई निरन्तरता दिँदै विभिन्न साहित्यिक परम्पराहरूलाई एउटै जीवन्त मञ्चमा एकत्रित गर्ने कार्य गरिरहेको बताइएको छ।

