
काठमाडौं । इंग्ल्याण्ड विश्वकपको क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ ।
मेक्सिकोलाई पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनल चरणमा प्रवेश गरेको हो । इंग्ल्याण्डले मेक्सिकोलाई ३-२ ले पराजित गरेको हो। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिको पहिलोपटक पराजित भएको हो ।
उक्त स्टेडियममा भएका विभिन्न खेलमा मेक्सिकोले आठ खेल जितेको थियो भने दुई खेल बराबरीमा टुंग्याएको थियो ।
खेलको ५४ औँ मिनेटमा मेक्सिकोका जुलियन क्विनोसले गोल फर्काए । खेलको ५४ औँ मिनेटमा रेफ्रीले इंग्ल्याण्डका जेरल क्विनासलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाए ।
१० जनामा सिमित इंगल्याण्डका लागि ५७ औँ मिनेटमा एक अवसर आयो ।मेक्सिन गोलकिपर रउल रेन्जरले एन्थोनी गोर्डनलाई लडाएपछि रेफ्रीले इंग्ल्याण्डलाई पेनाल्टी दिए । उक्त मौकाको सदुपयोग गर्दै ह्यारी केनल ५९ औँ मिनेटमा गोल गरे । योसँगै विश्वकपम केनले ६ गोल गरे ।
६७ औँ मिनेटमा ह्यारी केनले फाउल गर्दा मेक्सिकोले पेनाल्टीको मौका पायो । उक्त मौकामा रउल जिमिनेजले गोल गर्दै खेललाई ३-२ को स्थितिमा ल्याए ।
इंग्ल्याण्डले क्वाटरफाइनलमा अब नर्वेको सामना गर्नेछ ।

