
काठमाडौं । सरकारले दुईवटा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रतिष्ठानमा निमित्त उपकुलपति नियुक्त गरेको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा निमित्त उपकुलपति नियुक्त भएका हुन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा.सञ्जीवकुमार शर्मा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्राध्यापक डा.डबलबहादुर धामीले निमित्त उपकुलपतिको जिम्मेवारी पाएका हुन् । उनीहरू दुवैजना प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर) हुन् ।
दुवै प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त उपकुलपति पदमा शर्मा र धामीलाई नियुक्त गरेका हुन् ।




