काठमाडौँ।सर्वोच्च अदालतले संवैधानिक परिषदले मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णयविरूद्ध परेका तीन वटा रिटलाई दरपीठ गरेको छ।
शुक्रबार सर्वोच्च अदालतमा ७ वटा रिट पेस भएका थिए।
त्यसमध्ये अधिवक्ताहरू गीता थापा, प्रेमराज सिलवाल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गरेका तीन वटा रिटलाई दरपीठ आदेश गरेको प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।