काभ्रे । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्शन) काभ्रेको १५ औं जिल्ला अधिवेशन धुलिखेल स्थित धुलिखेल लज रिसोर्टमा सम्पन्न भएको छ ।
अधिवेशनबाट अध्यक्षमा श्याम बहादुर भुजेल, वरिष्ठ उपाध्यक्षमा सुजेन्द्र श्रेष्ठ, उपाध्यक्षमा बसन्त नेपाल, सचिवमा बिमल न्यौपाने, कोषाध्यक्षमा अर्जुन थापा, सह सचिवमा डि बि ऐडी, सह कोषाध्यक्षमा कृष्ण सुन्दर थापा र सदस्यहरुमा चन्द्रप्रसाद ताजकुरिया निर्वाचित भएका छन् । अध्यक्ष र सचिवसहितको २ पदमा निर्वाचन भए पनि बाँकी पदहरु सर्वसम्मत भएको थियो ।
प्याब्शनको विधान अनुसार जिल्लास्थित विभिन्न पालिकाका अध्यक्ष तथा फोकल पर्सनहरु संस्थाको पदेन सदस्य रहने प्रावधान भएकाले बनेपा, धुलिखेल, पनौती, नमोवुद्ध, पाँचखाल, भुम्लु, रोशी लगायतका पालिकाका प्याबशन प्रमुखहरु जिल्ला प्याब्शनको पदेन सदस्य हुनेछन् । हिजो पूर्ती हुन नसकेको केहि पदहरुमा मनोनयनमार्फत कमटिलाई पूर्णता दिने नव निर्वाचित सचिव बिमल न्यौपानेले बताए ।
६६ मत खसेकोमा अध्यक्षमा निर्वाचित श्यामबहादुर भुजेलले ३८ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी महेन्द्रबहादुर थिङले २८ मत प्राप्त गरेका थिए । सचिवमा निर्वाचित बिमल न्यौपानेले ४१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी छविरमण पराजुलीले २५ मत पाए ।