
काठमाडौँ । नेप्से आज वृद्धि भएको छ । आज मंगलबार नेप्से २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५२ कम्पनिका ९५ लाख १९ हजार ४५२ कित्ता शेयर ४ अर्ब ४० करोड ७ लाख ५२ हजार ५४२ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी कलंगा हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने आरबिबि फोकस ४० को शेयर १३.८५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी आत्मनिर्भर लघुवित्तको शेयर १३.७८ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी केबीएल डिभेन्चरको २० करोड ७५ लाख बराबरको कारोबार भएको छ भने कृषि विकास बैंक डिभेन्चरको १७ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।






