हेटौडा । केन्द्रीय तहमा सत्ता समीकरण परिवर्तनसँगै बागमती प्रदेश सरकारमाथि पनि सङ्कट देखिएको छ ।
केन्द्रीय तहमा एमाले–कांग्रेस गठबन्धन निश्चित जस्तै बनेसँगै नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकार सङ्कटमा परेको हो ।
जम्कट्टेल नयाँ समीकरण निर्माण भएसँगै अल्पमतमा परेका छन् । नयाँ सत्ता समीकरणमा बागमती प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति गरिएसँगै यो संकट आएको हो ।
कुल ११० सदस्य रहेको प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यक रहेकोमा कांग्रेस र एमालेसँग गरेर ६४ सांसद छन् । बागमती प्रदेश सभामा सात राजनीतिक दलको प्रतिनिधित्व रहेकोमा सबैभन्दा ठुलो दल कांग्रेसका ३७ र एमालेका २७ ,माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।
तसर्थ,अबको केही दिनमा सत्ता समिकरणको प्रभाव अनुरुप बागमती प्रदेशमा पनि सरकार परिवर्तन नहोला भन्न सकिन्न् ।