
काठमाडौँ।नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८३र८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ।
अहिले व्यवस्थापन समितिको बैठक बसिरहेको एक कार्यकारी निर्देशकले जानकारी दिए। सो बैठक सकिए लगत्तै सञ्चालक समितिको बैठक बस्नेछ।
सञ्चालक समितिबाट स्वीकृत भएपछि आजै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ।
गभर्नर डा. विश्वनाथ पौडेल भोलिदेखि भुटान भ्रमणमा जाने कार्यक्रम रहेकाले आजै मौद्रिक नीति ल्याउन लागिएको हो।
यसपटक मौद्रिक नीतिको संरचनामा पनि परिवर्तन गरिन लागिएको छ। नियामकीय व्यवस्थाहरू मौद्रिक नीतिमा समावेश नगरिने भएको हो।
सरकारले राखेको आर्थिक वृद्धिप्रतिशतलाई ध्यानमा राखेर मौद्रिक नीति ल्याइने भएको छ।
